दफा ५७
भूठ्ठा आरोप सम्बन्धी कसुर
देहायका कुनै कार्य गरेमा भूठ्ठा आरोप सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) कुनै कुरा झुठ्ठा हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नु पर्नेbमनासिब माफिकको कारण हुँदाहुँदै यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिलाई त्यस्तो भूठ्ठा आरोप लगाएमा,
(ख) कुनै कुरा भूठ्ठा हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नु पर्ने मनासिब माफिकको कारण हुँदाहुँदै पनि यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिको चरित्रमा धक्का पुग्ने गरी दफा २७ बमोजिम उजुरी दिएमा वा भूठ्ठा बयान दिएमा वा तत् सम्बन्धमा जानकारी भएका यथार्थ कुराहरू जानी जानी लुकाएमा ।